कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं !  सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दैछ।

बैठक आज शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद् भवनको लाेत्से हलमामा बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

उनका अनुसार बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने तयारी छ।

हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन्।

यसका साथै, संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा उक्त संसदीय दलको बैठक छलफल गरिने तयारी हरेको प्रमुख सचेतक लेखकले बताएका हुन्।