कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं !  नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएकाे छ।

बैठक आज दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्न लागेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।

सत्ता गठबन्धनमा राष्ट्रियसभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेकाे छैन।