काठमाडौं! सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा सुरु बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनको बारेमा केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची रहेको कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
यस्तै, बैठकमा आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ।
यसैगरी, राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने विश्वकर्माले बताए।