सिराहामा काङ्ग्रेस सभापतिसँग लफडा परेका एसपी पाण्डे निलम्बित

काठमाडौं ! प्रहरी प्रधान कार्यालयले हालै सिरहा प्रमुखबाट हेडक्वाटर तानिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ।
कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवसँग लफडा गरेको आरोप  लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो।

उनीमाथि अनुसन्धान जारी रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए।
‘उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। समिति बनाएर अब छानबिन हुन्छ,’ एसएसपी कुँवरले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *