काङ्ग्रेस सभापति देउवाले गर्नुभयो केन्द्रिय सदस्यमा १० जना मनोनीत (हेर्नुहोस सुची)

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। देउवाले पार्टीका नेता रामचन्द्र पौडेल, विजय गच्छदारसहित १० जनालाई मनोनीत गर्नु भएको हो।

मनोनीत हुनु हुनेहरुमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहनु भएको छ।
यता निधि र सिंह सभापतिमा पराजित हुँदा उपभासतपमा गच्छदार, कोइराला पराजित हुनु भएको थियो। कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *