काङ्ग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ! नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार)देखि बस्दैछ । यसअघि २ असोजका लागि तय भएको बैठक आजदेखि पार्टी कार्यालय सानेपामा शुरू हुन लागेको हो ।

बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

आज बस्ने बैठकमा पार्टीबाट सरकारका सहभागी मन्त्रीले गरेका काम/कारबाहीबारे समीक्षा हुनेछ । त्यस्तै मंसिर १३ गतेदेखि काठमाडौंमा हुने महासमिति बैठकमा छलफल हुने एजेन्डाबारे पनि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *