काठमाडौं– कांग्रेस सभापतिमा दोस्रो स्थान ल्याएका डा शेखर कोइरालाको वरीयता २० औं नम्बरमा राखिएको छ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकअघि शनिबार निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० औं नम्बरमा राखिएको छ। वर्तमान र पूर्वपदाधिकारीपछिको वरीयतामा उहाँलाई राखिएको छ।
सभापतिमा पराजित प्रकाशमान सिंह, विमेलेन्द्र निधि डा. शेखर कोइराला भन्दा वरीयतामा अघि हुनुहुन्छ। नेता रामचन्द्र पौडेल पनि वरीयतामा शेखर अघि हुनुहुन्छ।