काङ्ग्रेस संसदीय दलको बैठक आजपनि बस्दै

काठमाडौँ !  सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्दैछ।बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ।

गत शुक्रबारदेखि जारी दलको बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभा सांसदहरुले बोल्ने क्रम जारी रहेको छ। सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो।

बैठकमा समसामयिक राजनीति, सांसद सुनिल शर्मा प्रकाउ प्रकरणदेखि सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने विषयमा छलफल भइरहेको छ।

हिजोसम्म ५४ जना सांसदहरुले आआफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन्।

सबै सांसदले बोलिसकेपछि सभापति शेरबहादुर देउवाले जवाफ दिने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *