पुर्वमन्त्री रोमी गौचनको ज्यान मार्ने धम्की विरुद्ध रास्ट्रीय युवासंघ नेपालले लियो एक्सन : गौचनलाई कारवाही गर्न प्रशासनलाई अल्टिमेटम

काठमाडौं । नेपाली कांग्रेस मुस्ताङका जिल्ला सभापति एवं पूर्व मन्त्री रोमी गौचनले नेकपा एमाले मुस्ताङका जिल्ला कमिटी सदस्य नरसिंह शेरचनलाई ज्यान मार्ने धम्की दिएका छन् । बुधवार लेते गाउँमा सामुदायिक समितिको बैठक बस्ने क्रममा पूर्व मन्त्री गौचनले शेरचनालाई ज्यान मार्ने धम्की दिएको एमाले मुस्ताङले जानकारी दिए ।

बैठक बस्ने क्रममा विवाद भएको हो । ज्यान मार्ने धम्की दिएपछि नेकपा एमाले मुस्ताङले कांग्रेस सभापति गौचनलाई कार्वाही गर्न माग गरेका छन् ।

मन्त्री गौचनलाई यूवा संघको ध्यानाकर्षण 
सोही विषयमा ध्यानाकर्षण गदै यूवा संघ नेपालले गौचनलाई चेतावनी दिएको छ । यूवा संघको खेद प्रकट रहेको जनाउँदै राष्ट्रिय युवा संघ नेपालका स्थाई कमिटी सदस्य सम्राट गौचनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेकपा एमालेको नेता कार्यकर्ता माथि कसैले डर पकड गरे जस्तो सुकै कदम लिन  बाध्य हुने बताएका छन् । सम्रात गौचनको धारणालाई संघका उप–महासचिव रामजी सापकोटालगायत नेताहरुले सेयर गरेका छन् ।

सम्रात गौचनको स्टाटस जस्ताको तस्तैः

२०७८ पौष–७ गते मुस्ताङ जिल्ला लेते गाउँको सामुदायिक समितिको वैठक बस्ने क्रममा नेपाली काङ्ग्रेसको जिल्ला सभापति एवं पुर्व मन्त्री रोमी गौचन स्वंमले नेकपा एमालेका जिल्ला कमिटी सदस्य नरसिंह शेरचनलाई  राजितिक प्रतिशोध को आधारमा  दुर्व्यवहार , गालीगलौच र ज्यान मार्ने सम्मको धम्कीपुर्ण कार्य अत्यन्तै खेद जनक एवं भर्त्सना योग्य रहेको छ , यस्तो कार्य नदोहोर्‍याउन हाम्रो  पार्टी नेकपा एमाले एवं राष्ट्रिय युवा संघ नेपाल चेतावानी दिन चाहन्छ। 
साथै कोही कसैले नेकपा एमालेको नेता कार्यकर्ता माथि यस्तो भर्त्सना योग्य कार्य जारी राखेमा हामी जस्तो सुकै कदम लिन  बाध्य हुने छौ र त्यसबाट उत्पन्न हुने जुनसुकै परिणामको जिम्मेवारी  नेपाली काङ्ग्रेसको मुस्ताङ  जिल्लाका सभापति रोमी गौचनले लिनुपर्ने छ । 

सम्राट गौचन 
स्थाई कमिटी सदस्य 
राष्ट्रिय युवा संघ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *