काङ्ग्रेसको केन्द्रीय समिति बैठक आज सकिंदै

काठमाडौं ! नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ।

गत साउन २ गतेदेखि जारी बैठक आज सकिन लागेको हो। ललितपुरस्थित केन्द्रिय कार्यालय सानेपामा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

विश्वकर्माका अनुसार आज पाँच बजे बैठकका निर्णय सार्वजनिक हुनेछ। त्यसअघि बैठकका निर्णयलाई अन्तिम रुप दिन पदाधिकारी बैठक बस्नेछ।

बैठक बिहान ११ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो। हिजो बोलाइएको बैठक बिना निष्कर्ष सकिएपछि बैठक आज फेरि बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *