काङ्ग्रेस केन्द्रीय समितिको बैठक आजपनि

काठमाडौँ ! नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दै छ। बैठकल आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

करिब १ वर्षपछि बसेको कांग्रेसको बैठकमा नेताहरूले निरन्तर आफ्नो धारणा राख्नेक्रम जारी छ।

बैठकमा महामन्त्री द्वय:गगन थापा र विश्वप्रकाश शर्माले १० वटा एजेन्डा र वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए।

मंगलबार पहिलो बैठकमा प्रस्तुत भएका एजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्।

बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *