काङ्ग्रेस केन्द्रीय समितिको बैठक आजपनि

काठमाडौं ! नेपाली कांग्रेसको बैठक बिहीबार पनि बस्ने भएको छ। आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबारबाट सुरु भएको हो। जसमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा एजेन्डा प्रस्तुत गरेका थिए।

साथै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिका सहित प्रतिवेदन पेस गरेका थिए। प्रस्तुत भएका एजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन्।

बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए। सदस्यहरूको आज पनि आफ्नो धारणा राख्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *