कांग्रेस केन्द्रीय समितिको बैठक आजपनि

काठमाडौँ ! नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा बैठक आज बिहान ११ बजे बस्नेछ। केन्द्रीय समितिको बैठक मंगलबारबाट सुरु भएकाे हाे।

बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्। प्रत्येक सदस्यलाई आफ्नाे धारणा राख्न ७ मिनेटको समय दिइएको छ।

हिजाेकाे बैठकमा बैठकमा पार्टीका उपसभापति, महामन्त्रीहरूले पार्टीको समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा प्रस्ताव पेश गरेका थिए।

बैठकमा महामन्त्री गगन थापाले पार्टीको विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा २१ पृष्ठको प्रस्ताव पेश गरेका थिए। कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाकाे आग्रहमा पहिलो पटक लाइभ प्रसारण भएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *