काङ्ग्रेस महाधिवेशन : खुला महिला केन्द्रिय सदस्य शिर्ष १० मा अहिले सम्मको अपडेट

काठमाडौं ! नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता कायम गर्नु भएको छ ।
पार्टी मुख्यालय सानेपामा २०६५ मतगणना हुँदा संग्रौलाले १२६८ मत प्राप्त गर्नु भएको हो। दोस्रोमा रहनु भएकी पुष्पा भुसालले ११९६ मत पाउँदा आरजु राणा १११६ मत पाएर तेस्रो स्थानमा हुनुहुन्छ।

शीर्ष ९ भित्र क्रमश: अम्बिका बस्नेत ९९८, ईश्वरी न्यौपाने ९८५, सरिता प्रसाईं ९४९, रमा कोइराला ८१३, सुशीला ढकाल ७९४ र र‌ंगमति शाही ७८० हुनुहुन्छ। यसअघि शीर्ष ९ भित्र रहेकी अनिता देवकोटा १० नम्बरमा हुनुहुन्छ ।
खुला महिला केन्द्रीय सदस्यतर्फ ३० उम्मेदवार रहेकोमा ९ जना निर्वाचित हुनु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *