डन गणेश लामा काङ्ग्रेस केन्द्रिय सदस्यमा निर्वाचित

काठमाडौं ! विवादित पृष्ठभूमिका गणेश लामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार काभ्रेका लामा केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
उनले १७८२ मत पाएर विजय हासिल गरे । उनी विजय कुमार गच्छदारको कोटामा शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *