कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

काठमाडौं: नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनु भएको छ। पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावमा यी दुई जना विजयी हुनु भएको छ। खड्का शेरबहादुर प्यानलका हुनुहुन्छ भने गुरुङ कोइराला प्यानलका हुनुहुन्छ।

खड्का ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २१ सय २१ मत पाएर विजयी हुनुभएको छ । यस्तै, गुरुङ १९ सय ८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । विजयकुमार गच्छदारले भने १९ सय ६ मत प्राप्त गर्दै झिनो मतअन्तरले पराजय भोग्नुभएको छ ।
चन्द्र भण्डारीले १५ सय ८०, सुजाता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीको मतगणना आज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *