काङ्ग्रेस सभापतिमा देउवा पुनः निर्वाचित

काठमाडौ ! कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । हाल पाँचौंपटक प्रधानमन्त्री रहनु भएका देउवा दोस्रो कार्यकालका लागि पार्टीको सभापतिमा निर्वाचित हुनु भएको हो ।

मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवाले पाउनु भएको छ । त्यस्तै शेखर कोइरालाले १८५५ पाउनु भयो। ३५ मत बदर भयो।

शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा पुनः निर्वाचित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *