कांग्रेस महाधिवेशन : आज सभापतिको मतगणना, भोलि आराम, पर्सीदेखि अन्य पदको गणना हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हाल सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन जारी छ ।

मंगलबार दिउँसो साढे ३ बजेदेखि सुरू भएको मतदानको समय साँझ ७ बजेसम्मका लागि निर्धारण गरिएको छ । हालसम्म १ हजार ५ सय मतभन्दा बढी मतदान भइसकेको छ ।

तोकिएको समयभित्र मतदान नसकिए मतदान समय बढाइने र आजै रातिबाट मत गणना सुरु गर्ने बताइएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले भने राति १० बजेबाट मतगणना सुरू गर्ने तालिका निर्धारण गरेको छ ।

आजै राति मत गणनामार्फत नयाँ सभापतिको घोषणा गरिनेछ । भोलि बुधबार बुधबार आरामको समय छुट्याइएको छ भने पर्सि बिहिबारदेखि अन्य पदाधिकारीहरुको मतगणना गरिनेछ ।

सभापतिका लागि शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *