काङ्ग्रेस महाधिवेशन : सभापतिको लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु

काठमाडौं ! नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत सभापतिको लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

पहिलो चरणको निर्वाचन् मत परिणामबाट कुनैपनि उम्मेदवारले विधान अनुसार ५१% मत नल्याएकोले दोस्रो चरणको निर्वाचन गरिएको हो।दोस्रो चरणको निर्वाचनमा निवर्तमान सभापती शेर बहादुर देउवा र नेता शेखर कोइराला भिडन्तमा छन।उहाँहरु पहिलो चरणको निर्वाचनमा पहिलो र दोस्रो हुनुभएको थियो।तेस्रो र चौथो हुने प्रकाशमान अनि विमलेन्द्र निधिले पनि देउवालाई नै समर्थन गर्ने जनाएपछि देउवाको अब जीत सुनिश्चित जस्तै देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *