काङ्ग्रेस महाधिवेशन : देउवाले ल्याउन सकेनन् बहुमत,चुनाब दोस्रो चरणमा प्रवेश

काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा दोस्रो चरणको निर्वाचन हुने भएको छ। कूल खसेको ४ हजार ६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन सकेनन् ।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभागृहमा मतगणना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *