नयाँ बजेटबारे सुझाव संकलन गर्न कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट कस्तो ल्याउने भन्नेबारे कांग्रेसले आफ्ना सांसदहरुको सुझाव लिरहेको छ । आज आफ्ना सांसदहरु सँग काङ्ग्रेसले बैठकमार्फत सुझाब लिईरहेको जनाइएको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा जनातामा आशा जागृत हुने गरी आगामी बजेट ल्याउनुपर्ने बताएका थिए । यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको तयारीबारे बिफ्रिङ गरे । विगतको भन्दा बजेट घटेर आउने अर्थमन्त्री मतहतको भनाइ छ । अर्थमन्त्रीको बिफ्रिङपछि सांसदहरुलाई धारणा राख्ने जनाइएको छ। सरकारले यहि जेष्ठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट ल्याउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *