कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा कसको नेतृत्व?

काठमाडौँ । नेपाली कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ । उनी उपप्रधानसहित रक्षा मन्त्री भन्ने भएका छन् ।

यस्तै, रमेश रिजाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । धनराज गुरुङ सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् भने प्रकाशशरण महत अर्थ मन्त्री बन्ने भएका छन् ।

कांग्रेसले शहरी विकास मन्त्रालयमा एनपी साउँदलाई पठाउने भएको छ । यसैगरी सीता गुरुङ भूमि व्यवस्था मन्त्रायलमा जाने भएकी छन् । डिग बहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने मोहन बहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *