कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ! नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार विहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

महामन्त्री गगन थापाका अनुसार बैठकमा मन्त्री छनोट र उपनिर्वाचनबारे छलफल हुने छ । बैठकले तनहुँ १ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने उनले बताए । बारा २ मा पनि उम्मेदवार दिने कि नदिने भन्नेबारे पनि बैठकमा छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *