कांग्रेसको १४औं महाधिवेशनका लागि यस्तो बन्दैछ थ्रिडी मञ्च (फोटो फिचर)

काठमाडौं ! नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रका लागि २५० जना बस्न मिल्ने थ्रिडी मञ्च निमार्ण हुने भएको छ। मंसिर २४-२७ गतेसम्म चल्ने महाधिवेशनको युद्धस्तरमा तयारी हुँदैछ।काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला स्थानमा महाधिवेशनको उद्घाटन सत्रको मञ्च बनाइँदै छ।

सर्लाहीका रोशन जैसवालको नेतृत्वमा मञ्च बन्दैछ। उनले ५० जना कामदार खटाएका छन्। ‘चालिस लाखमा मञ्चदेखि कार्यक्रम स्थलको सजावट गरिरहेका छौं। काम गर्दै गएपछि खर्च बढ्न पनि सक्छ,’ उनले अन्नपूर्णसँग भने।
१६०-४० फिटको मञ्च निर्माण भइरहेको उनले बताए। २५ वर्षदेखि उनले काठमाडौंको शंखमुलमा ‘रोशन आर्ट सर्भिस’ चलाउँदै आएका छन्। पण्डाल, स्वागतद्वार बनाउन पनि कामदारलाई व्यस्ताता छ। ‘राष्ट्रिय सभागृहदेखि पद्मोदय क्याम्पसम्म १० वटा मुख्य स्वागतद्वार बनाउँदैछौं,’ उनले भने।

पार्टीको प्रचार विभागका प्रमुख एवं प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झन्डा र व्यानरहरू टाँगेर महाधिवेशनको प्रचारप्रसार प्रारम्भ गरेका छन् । निर्वाचनका लागि भृकुटीमण्डप सभा हलभित्र, बाहिर र राष्ट्रिय सभा गृह गरी तीन स्थानमा मतदान केन्द्र राखिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *