काङ्ग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार बिहान साढे ९ बजे बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी सभापति देउवा निवास धुम्बाराहीमा बस्ने छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिइएको छ । कांग्रेस केन्द्रीय समिति बैठक यही माघ १५ गते बस्दैछ । उक्त बैठकको तयारीलगायतका विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ । यस्तै, आगामी चैतमा स्ववियु चुनाव हुने भएकाले कांग्रेसले नेविसंघलाई पूर्णता दिने पनि गृहकार्य थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *