काङ्ग्रेस संसदीय दलको बैठक बस्दै : प्रधानमन्त्रीलाई विश्वासको मतबारे टुंगो लगाउने

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल गर्न काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।

बैठक मंगलबार बिहान ८ बजे भएको हो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेदिनेबारे छलफल गर्ने जनाइएको छ। पदाधिकारी बैठकपछि ९ बजे नै काँग्रेस संसदीय दलको बैठक बस्ने छ ।

उक्त बैठकमा काँग्रेसले संसदीय दलको नेता शेरबहादुर देउवाले आफ्नो धारणा राख्ने जनाइएको छ । सो बैठकले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयको निर्णय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *