देउवा चरम महत्वाकांक्षी बन्दा काङ्ग्रेसबाट सबैकुरा गुम्यो

काठमाडौं । संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए ।

ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए ।

यसपटकको चुनावपछि ठुलो दल बने पनि महत्त्वपूर्ण पद आफैँले राख्ने महत्त्वाकाङ्क्षा राख्दा कांग्रेस पाँच वर्षअघिकै नियति बेहोर्नुपर्ने अवस्थामा पुगेको छ ।

निर्वाचनपछिको पहिलो सरकारको नेतृत्व आफैँले गर्ने महत्त्वाकाङ्क्षाले तत्कालका लागि कांग्रेस संघ र प्रदेशको सरकारबाट बाहिर पर्ने भएको छ ।

उपराष्ट्रपति, राष्ट्रपति, सभामुखसहितका महत्त्वपूर्ण पदमा पनि कांग्रेसको हिस्सेदारी अहिलेकै अवस्थामा करिबकरिब नहुने निश्चित भएको छ ।

पाँच वर्षमा तीन सरकार बनाउँदै कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले आलोपालो नेतृत्व गर्नेमा शीर्ष नेताहरू सहमत भएका थिए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *