काङ्ग्रेस सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित

काठमाडौं ! प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित हुनु भएको छ। आज सम्पन्न काङ्ग्रेस संसदीय दलको निर्वाचनपछिको मतगणना सकिएपछि देउवा दलको नेतामा विजयी हुनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो।

काङ्ग्रेस संसदीय दलमा सभापति देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा उत्रिनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *