कांग्रेस संसदीय दलको नेतामा रामचन्द्र पौडेलको समर्थन सभापति देउवालाई

काठमाण्डाै !  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताउनुभएको छ ।

आज मङ्गलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्तावकका रूपमा पुग्नुभएका नेता पाैडेलले अहिलेको असहज परिस्थितीमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले संसदीय दलको नेतामा सभापति देउवा निर्विराेध हुने दाबीसमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *