काङ्ग्रेस संसदीय दलको निर्वाचनमा इतर समुहबाट गगन थापा उम्मेदवार हुने

काठमाडाैँ ! नेपाली कांग्रेसकाे संसदीय दलकाे नेता चयनका लागि बुधबार चुनाव हुँदैछ।

भाेलि दिउँसाे हुने चुनावका लागि आज (मंगलबार) दिउँसाे २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताकाे कार्यक्रम रहेकाे छ।

पार्टीभित्र रहेका मुख्य दुई पक्ष संस्थापन र इतरपक्षबाट एक-एक उम्मेदवारले भाेलि संसदीय दलकाे नेताका लागि प्रतिष्पर्धा गर्दैछन्। जसका लागि संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा र इतरपक्षबाट महामन्त्री गगन थापाले प्रतिष्पर्धा गर्ने देखिन्छ।

इतरपक्षबाट गगनकाे एकल उम्मेदवार बन्ने सहमति जुटेकाे हाे। इतरपक्षका नेता शेखर काेइराला र गगनबीच हिजाेदेखि चलेकाे निरन्तर छलफलले आज बिहानमात्रै गगन थापालाई उम्मेदवारी दिने टुङ्गाे लगाएकाे हाे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *