कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं ! नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी गराए ।

पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *