काङ्ग्रेसले टुंगो लगायो आफ्ना समानुपातिक सांसदको नाम

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद टुंगो लगाउन नसकेपछि सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।

शनिबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सुची तयार गर्ने जिम्मेवारी सभापतिलाई दिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिनुभयो ।

सुची टुंगो लगाउन बालुवाटारमा  कांग्रेसको पदाधिकारी बैठक बसेको छ । केन्द्रीय कार्यसम्पादन समितिमा प्राप्त सुझावका आधारमा सभापतिले सुचीलाई अन्तिम रूप दिने प्रवक्ता महतले बताउनुभयो ।

केन्द्रीय कार्यसम्पादन समितिमा आएका सुझावलाई समेत समेट्दै सभापतिले सुची तयार गर्ने उहाँले बताउनुभयो ।

कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ । संघीय संसदमा अनिवार्य रूपमा ३३ प्रतिशत महिला पठाउनुपर्ने प्रावधान छ ।

यो प्रावधान अनुसार २९ जना महिला र ३ जना पुरुष पठाउनुपर्नेछ । पुरुषको कोटामा विमलेन्द्र निधि, प्रकाशशरण महत, गोपलमान श्रेष्ठ र जीवन परियारले दाबेदारी पेश गरेकाछन् ।

निर्वाचन आयोगले आज ४ बजेसम्ममा समानुपातिक सांसदको सुची बुझाउन समयसीमा तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *