काङ्ग्रेसको चुनावी घोषणापत्र सार्वजनिक : यस्ता छन् प्रतिबद्धताहरु

काठमाडौं । नेपाली काँग्रेसले आज आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि काँग्रेसले एक कार्यक्रमकाबीच आज घोषणापत्र सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा दलहरुको आन्तरिक विवाद र फरक दलहरको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम कदम नचाल्ने उल्लेख गरिएको छ ।

त्यस्तै सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने काँग्रेसको प्रतिबद्धता रहेको छ ।

रोजगारका लागि ठुलै संरचनात्मक पहल गर्ने काँग्रेसले जनाएको छ । त्यस्तैगरी आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक नयाँ चरणको ओम्निवस सुधार गर्दै न्यूनमत ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य काँग्रेसले राखेको छ।

उद्योग, निजी क्षेत्रका छाता संगठन, तीन तहको सरकार र सीटीईभीटीको सामूहिक पहलमा अप्रेनटिससीप कार्यक्रम र रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

कांग्रेसले घोषणापत्र बनाउन महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति निर्माण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *