मंसिरभित्रै महाधिवेशन गर्ने अर्को कार्यतालिका ल्याउन सभापति देउवाको निर्वाचन समितिलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ । पार्टीको १० औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो ।
तर निर्वाचन समितिले मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो ।

निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताए । निर्वाचन समितिले पार्टीले निर्वाचन कार्यतालिकाअनुसार काम नगरेको गुनासो गरेको थियो ।
सभापति देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *