आरजु राणा समानुपातिक उम्मेदवारमा सिफारिस

काठमाडौं ! नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ ।

सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेल्धुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो ।

२०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् । यो पटक पनि उनको उम्मेदवारीलाई लिएर अनेकौ चर्चा चल्न थालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *