काठमाडौं ! नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले ‘रूख’ मा भोट हाल्न पाउनुपर्ने मागसहित प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।
बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका सभापतिहरूका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बालुवाटार पुगेर आज ज्ञापन पत्र बुझाएका हुन्।
बागमती प्रदेशका विभिन्न जिल्लाका क्षेत्र कांग्रेसले सत्ता गठबन्धनका अन्य दललाई छाड्न लागेको छ।
सिट बाँडफाँट मिलाउन चुनौती देखिएका बेला कांग्रेसका जिल्ला सभापतिहरूले अरू दललाई जिल्लाका सबै प्रतिनिधि वा प्रदेश सभा क्षेत्र नछाड्न आग्रह गर्दै सभापति देउवालाई ज्ञापत्र पत्र बुझाएका छन्।