भदौ १० देखि काङ्ग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले यही भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गर्दैछ । अभियानको समयावधि पहिलो चरण भदौ १० देखि बिपी जन्मजयन्ती भाद्र २४ सम्म हुने पार्टी कार्यालयले जनाएको छ ।

यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तरक्रिया गर्ने अभियानको उद्देश्य रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

यसैगरी कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियान सिर्जना गर्ने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानको उद्देश्य रहेको छ ।

अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने र ७ प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने व्यवस्था गरिएको उनले बताए ।

केन्द्रीय प्रतिनिधिले अभियान सुरु हुनुभन्दा दुई दिन अघि नै केन्द्रीय प्रतिनिधिहरू खटिएको जिल्लामा पुग्ने र जिल्ला कार्यसमितिको बैठकमा ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रमबारे छलफल गरी १५ दिनसम्म चल्ने अभियानमा केन्द्रीय प्रतिनिधिहरु कम्तीमा पाँच दिन तोकिएको जिल्लामा विविध कार्यक्रममा सहभागी हुनेछन् ।

जिल्लाको सबै निर्वाचन क्षेत्र ९एक मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा दुवै प्रदेशसभा क्षेत्र० को निश्चित कुनै कार्यक्रममा केन्द्रीय प्रतिनिधिको सहभागिता रहनेछ ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला समिति र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा हरेक प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सहित त्यस क्षेत्र भित्रका महाधिवेशनरमहासमितिरप्रदेश अधिवेशन प्रतिनिधि, गाउँ–नगरपालिका कार्यसमितिका सभापति, स्थानीय तह निर्वाचनमा निर्वाचित र निर्वाचन लडेका पालिका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख सहितको बैठक गरी पार्टी पंक्तिलाई सानातिना विवाद र मतभेद भुलेर ऐक्यबद्ध भएर निर्वाचनमा होमिन प्रतिनिधिले प्रेरित र अपिल गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *