कांग्रेसका नेता प्रदीप गिरि अस्वस्थ भै मेडिसिटीमा भर्ना

काठमाडौं ! नेपाली कांग्रेसका नेता प्रदीप गिरि अस्पताल भर्ना हुनु भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि गिरिलाई आज ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको छ।
घाँटीमा समस्या देखिएपछि उहाँलाई भारतको मुम्बईका अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो। गिरि हालै नेपाल फर्किनु भएको थियो।

नेता गिरिको पारिवारिक स्रोतका अनुसार नेपाल फर्केपछि अस्वस्थ भएका उहाँलाई मेडिसिटी अस्पतालमा लगिएको हो। हाल मेडिसिटीमा उपचार भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *