आज कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज (सोमबार) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् ।

बैठकमा शेखर कोइराला नेतृत्वको संस्थापन इतर पक्षले सरकारको काम, कारबाहीबारे गम्भीर समिक्षा गर्ने एजेण्डा तय गरेको छ । हिजो बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । कोइराला पक्षले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

यस्तै पार्टी सभापति देउवाले पार्टीलाई विधिवत् रुपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ । पार्टी सञ्चालनमा सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध गर्दै आएको कोइराला समूहले यस पटकको केन्द्रीय समिति बैठकमा दबाब बढाउने भएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *