काङ्ग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बस्ने कांग्रेस पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्।

व्यस्तताका कारण देउवा बैठकमा उपस्थित हुन नसक्ने बताइएको छ। बैठकको नेतृत्व कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्।
कांग्रेस मंगलबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *