कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं ! नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भएको छ।
मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो।
सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *