सभापति देउवाले पार्टी र सरकार अस्तव्यस्त बनाएकाले त्यसको गम्भीर समिक्षा गर्ने कोइराला समूहको निष्कर्ष

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो।

भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन्।
पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ।

त्यसैगरी नेता चन्द्र भण्डारीका अनुसार सभापति निरङ्कुसता तर्फ जाँदै गरेकाले आफूहरुले त्यसलाई रोक्ने बताउनु भयो । नेता भण्डारीका अनुसार देशमा व्याप्त अनियमितता,भ्रस्टाचार एवं महङ्गी नियन्त्रणमा सरकार उदासिन बनेकोले यसको गम्भीर समीक्षा भएको बताउनु भयो। उहाँका अनुसार भोलि दिउँसो फेरि यो समूहको बैठक बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *