रामचन्द्र पौडेललाई चितवन कांग्रेसको जवाफ : उमेदवारी फिर्ता गराउने बैठकमा नबोलाउनूस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार जगन्नाथ पौडेललगायतको टोलीसँग छलफल गरेका छन् ।
सभापति शेरबहादुर देउवासँगै चितवन पुगेका पौडेलले त्यहाँका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । नेता रामचन्द्र पौडेलले सभापति देउवासँग कुरा गरेर उमेदवारी फिर्ता लिइदिन आग्रह गरेका थिए ।
त्यसपछि चितवनका कांग्रेस नेताहरु आक्रोशित भएका थिए ।

“सक्नुहुन्छ भने रेणुलाई फिर्ता गराउनुस् । उमेदवारी फिर्ता लिने बैठकमा बस्दैनौँ । तपाईंले बोलाउनुभयो, तपाईंको अपमान नहोस् भनेरमात्रै आएका हौँ ।उमेदवारी फिर्ता गराउने कुरै नगर्नुस्,” जगन्नाथ पौडेलको भनाइ थियो ।
पौडेलका समर्थक बयोवृद्ध नेता कृष्णलाल सापकोटाले पनि अब सभापति शेरबहादुर देउवासँग कुरा गर्नुको कुनै औचित्य नभएकाले फेरि भेट्न नआउने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *