टिकट वितरणमा एकलौटी गरेको भन्दै धनगढीबाट काङ्ग्रेसका निवर्तमान वडा अध्यक्ष सहित ५७ जनाले पार्टी परित्याग

कैलाली! धनगढी उपमहानगरपालिका–४ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष बनेका दिपक थापासहित ५७ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
निवर्तमान वडाध्यक्ष थापा र वडा नम्बर ४ पूर्व वडा सभापति अनन्तराज जोशी, छत्र बडेला लगायतले आज बिहीवार पत्रकार सम्मलेनको आयोजना गर्दै काँग्रेसबाट राजीनामा दिएका हुन्।

आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ४ मा ११ जना अध्यक्ष पदका लागि तथा २२ जना सदस्य पदका लागि उम्मेदवार रहेकोमा कसैसँग पनि छलफल नगरि एकलौटी ढंगले टिकट वितरण गरेको उक्त समूहको आरोप छ।
आफूहरु ९९ जना क्रियाशील सदस्यलाई उपेक्षा गरि बागी उम्मेदवारलाई नै टिकट दिएकाले पार्टीमा नबस्ने निर्णयसहित सामूहिक राजीनामा दिएको उनीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *