डडेल्धुराका काङ्ग्रेस नेता मल्ल पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित भएका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाएका छन् ।

१४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको थियो । त्यसयता असन्तुष्ट रहेका मल्लले आफूनिकट नेता कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डडेलधुराका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् ।

मल्लले कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै सभापति देउवाले कारवाही गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जानकारी दिए । मल्ल यसअघि सभापति देउवाको स्वकीय सचिवको रुपमा काम गर्दै कांग्रेसको जिल्ला सभापति बनेका नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *