काङ्ग्रेस आफ्नो नीतिबाट च्युत भएको भन्दै नुवाकोटबाट १ सय ३० जनाको सामूहिक राजीनामा

नुवाकोट : पार्टीले पछिल्लो पटक चालेको नीतिप्रति असहमति जनाउँदै नुवाकोटमा मगलबार एकै पटक एक सय ३० जना भन्दाबढीले दल त्यागेका छन्। उनीहरुले पार्टीले तल्लो तहका कार्यकर्ताको भावना तथा धारणा लत्याएको जनाउँदै विदुरस्थित जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन्।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ का नेपाली कांग्रेसका १ सय ३० जना क्रियशिल सदस्यहरुले एक साथ राजीनामा दिएका हुन्। उनीहरुले कांग्रेस जिल्ला उपसभापति राजु थापासमक्ष राजीनामा दिएका हुन्।
२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट बेलकोटगढी नगरपालिकाको मेयरका आकांक्षीसमेत रहेका ५० वर्षिय बद्रीप्रसाद त्रिपाठीसहित १ सय ३० जनाले सामूहिक राजीनामा दिएका हुन्। कांग्रेस कार्यकर्ताभन्दा नेतामुखी भएको उनीहरुको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *