प्रधानमन्त्री देउवा दलको बैठकमा कडा रुपले प्रस्तुत : एमसिसी सम्झौताबारे बुझेकाले मात्र बोल्न पार्टिमा उर्दि

 

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोज परियोजना (एमसीसी)बारे अनावश्यक भ्रम फैलाइएको ठान्नु भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उहाँले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गर्नुभयो ।

देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुलाई मात्र बोल्न निर्देशन पनि दिनुभयो । देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने बताउनुभयो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको र गठबन्धन सरकारको बाध्यता बुझिदिन देउवाले सांसदहरुलाई आग्रह गर्नुभएको सांसद भिमसेनदास प्रधानले जानकारी दिनुभयो । बैठकले बुधबारदेखि सुरु हुने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

बैठकमा सांसद गगनकुमार थापाले एमसीसीका सम्बन्धमा अभिव्यक्ति स्वतन्त्रता विपरित हुने गरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीप्रति आपत्ति जनाउनुभएको थियो । यस्तै, सांसद मिनबहादुर विश्वकर्माले समावेशी र समानुपातिकताका विषयमा प्रश्न उठाउनुभएको थियो ।

बैठकमा संघीय संसदको आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको छ । संघीय संसदको अधिवेशन बुधबार अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *