गठबन्धनप्रति असहमति जनाउँदै बुटवलबाट १०५ जनाले छोडे काङ्ग्रेस

काठमाडौ ! पाँच दलीय गठबन्धनप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका एक सय पाँच जना पार्टी सदस्यले राजीनामा दिएका छन्।
गठबन्धनको भागबन्डामा बुटवल वडा नंं. ३ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुप्रसाद ढकाललाई उम्मेदवार बनाउने सहमति भएपछि उनीहरूले राजीनामा दिएका हुन्।

नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि, वडा सचिव, सहसचिव लगायत पार्टीका पदाधिकारी तथा सदस्य गरी १ सय ५ जनाले पार्टी सदस्यबाटै राजीनामा दिएको जनाएका छन्।
गठबन्धनका नाममा पार्टी केन्द्रले जनाधार नै नभएको दललाई भागबन्डाको नाममा स्थान दिएर वर्षौंदेखि पार्टीमा काम गरेका सदस्यहरूको अवमूल्यन गरेको गुनासो उनीहरूको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *