उम्मेदवारको टिकट बाड्न काङ्ग्रेसले बनायो संसदीय समिती बोर्ड

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै समेटेर गठन गरिएको छ। संसदीय समितिले उम्मेदवारबारे टुंगो लगाउने छ। कांग्रेसको विधानअनुसार बोर्डमा २५ जना सदस्य रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *