एसलाई पोखराको मेयर भाग लगाउँदा कास्की काङ्ग्रेसमा भाँडभैलो : लगायो आफ्नै पार्टी कार्यालयमा ताला

कास्की । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेसका कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताए ।

पाँच दलीय सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *